Comments Add Comment

ड्रक्सको कथा बोल्ने रीमा र प्रदिपको ‘स्केप’

reema-and-pradip
नायिका रीमा विश्वकर्मा चलचित्रको पर्दामा विरलै देखिन्छिन् । म्यूजिक भिडियोमा केन्द्रित उनको करिअर कहिलेकाही चलचित्रको पर्दामा पनि झुल्केको पाइन्छ ।

यसैक्रममा, उनले अभिनय गरेको चलचित्र ‘स्केप’ प्रदर्शनमा आउने भएको छ । माघ २३ गतेबाट यो चलचित्र प्रदर्शनमा आउन लागेको काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दैै जानकारी दिइएको छ ।

प्रदिप खड्काको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान ढंगोलको छायांकन, राजु जंग थापाको एक्सन छ । कमल श्रेष्ठको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता अमित ढुंगाना हुन् । reema

सस्पेन्स तथा सामाजिक कथामा निर्माण भएको चलचित्रमा रीमा विश्वकर्मा, प्रदिप खड्का, कमल श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नायिका रीमा विश्वकर्माले चलचित्रमा काम गर्ने कलाकारले समाज पनि बदल्ने भन्दै आफूले यो चलचित्रमा यस्तै भूमिका निर्वाहा गरेको बताइन् । कलाकार तथा लेखक प्रदिप खड्काले ‘स्केप’ले लागूपदार्थको कथालाई उठान गरेको बताए । escpae-team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment