Comments Add Comment

राजेशको मोबाइल र फेसबुकमा बढ्यो आकर्षण

rajesh-and-madhu
कुनै समय थियो, जतिबेला नायक राजेश हमाल मोबाइल नै बोक्दैनथ्य । राजेश हमालले मोबाइल नबोक्दा उनलाई सम्पर्क गर्न अप्ठ्यारो भएको गुनासो चलचित्रकर्मी र पत्रकारले गर्थे ।

तर, हमाल बिस्तारै परिवर्तीत भएका छन् । यतिबेला, नायक हमालको गोजीमा आइफोन छुट्दैन । एक भेटमा हमाल पत्रकार र कलाकारलाई मोबाइलमा तस्बिर र भिडियो देखाउन नै व्यस्त देखिए ।

हमालले आफूले मोबाइल बोक्नुको कारण, कुनै मन परेको दृश्य कैद गर्नु र विदेशबाट आउने फोन उठाउनु रहेको खुलाए । यतिबेला, हमालको मोबाइलमा उनका थुप्रै तस्बिर र भिडियो कैद छन् । उनी, आफ्नो मन मिल्ने साथी र पत्रकारलाई फोटो र तस्बिर देखाइहाल्छन् । हमालको यो परिवर्तीत बानीले धेरैलाई अचम्ममा समेत पारेको छ ।

फेसबुकमा एकाउन्ट खोलेपछि हमालको मोबाइल र तस्बिर मोह समेत बढेको हो । उनले आफू अब चाडै नै ट्विटरमा पनि आउने खुलाएका छन् । फेसबुकमा हमाल आफ्नो र पत्नी मधुको विभिन्न तस्बिर पोष्ट गर्छन् । सायद, प्रविधीको विकासले मोबाइल नै नबोक्ने राजेश हमाललाई पनि परिवर्तन गरेको हुनसक्छ ।

तस्बिर : राजेश हमालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment