Comments Add Comment

संविधानसभाको मिडिया सेन्टरमा अडियो काटियो

BICC-Nepal४ पुस, काठमाडौं । संविधानसभाको बैठक चलिरहेको बेला मिडिया सेन्टरमा बिना जानकारी अडियो काटिएको छ । संविधानसभाको बैठकको प्रत्यक्ष प्रसारण दिने मिडिया सेन्टरको टेलिभिजनमा अडियो नआएपछि बैठकको समाचार संकलनमा अवरोध सिर्जना भएको छ ।

सभासदहरुले बोलेको भिडियोमात्र आएको मिडिया सेन्टरबाट संसदीय मामिला पत्रकार समाजका सदस्य सन्जिव बगालेले बताए । अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरुले गरेको आन्दोलनका काराण अडियो रोकिएको जानकारी पत्रकारलाई दिइएको छ ।

तर कर्मचारीहरुले भने प्राविधिक कारणले गर्दा यस्तो भएको बताएका छन । संविधानसभा सचिबालयका प्रवक्ता मुकुन्द आचार्यले भने आफु संविधानसभामा जादै गरेकेाले यसबारेमा छिट्टै बुझ्ने बताए ।

संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिबेदन माथि छलफल भइरहेकेा छ । सम्मेलन केन्द्रका कर्मचारीले संसद सचिवालयका कर्मचारी सरह सुबिधा पाउनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment