Comments Add Comment

निर्णायक आन्दोलन गर्ने प्रचण्ड मोर्चाको चेतावनी

४ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गठवन्धनले कांग्रेस-एमालेले नौंबुँदे अडान नछाडे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

गठवन्धनमा आवद्ध सात पार्टीको शुक्रबार बसेको बैठकले सहमतिकै आधारमा संविधान जारी गर्नु पर्नेमा जोड दिएको छ । ‘कांग्रेस र एमाले आन्दोलनको मर्म अनुसारको सहमतिका लागि तयार हुँदैनन् भने दबावका लागि आन्दोलन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं’ सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अनलाइनखबरसँग भने ।

एमाओवादी, पाँच मधेसवादी र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीआवद्ध गठवन्धनको बैठकले सहमतिका लागि अन्तरिम संविधान बटमलाइन भएको समेत बताएको छ ।

बैठकले सचिवालयलाई आन्दोलनको खाका र सहमतिको बटमलाइनको मस्यौदा बनाउने जिम्मा दिएको छ । साथै शनिबार संविधानसभामा रहेका १९ दलको बैठक बोलाइएको छ भने लगतै २२ दलको बैठक बस्ने नेताहरुले बताएका छन् ।

गठवन्धनको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रमुख दलहरुबीच भएको छलफलबारे जानकारी गराएका थिए । ‘दलहरुबीच विभिन्न चरणमा छलफल भइरहेको छ । तर, दुबै पक्षले आफ्नो अडान राखिरहेका छन् भन्ने जानकारी गराउनु भएको छ’- कर्णले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment