Comments Add Comment

बलात्कारीलाई कारवाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

padmakanya-final४ पुस, काठमाडौं । बैतडीकी पूजा बोहरालाई बलात्कार गर्नेहरुलाई कारवाही गर्न माग गर्दै पद्मकन्या क्याम्पसका विद्यार्थीले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।

बोहरालाई सामूहिक बलात्कार गर्नेहरुलाई जिल्ला अदालतले कैद सजाय सुनाए पनि पुनरावेदन अदालतले सफाइ दिएपछि सर्बत्र विरोध सुरु भएको छ ।

‘महिला हिंसाविरुद्ध र पूजा बोहराका दोषीलाई कारबाही माग गरेर सांकेतिक रुपमा प्रदर्शन गरेका हौँ,’ नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पस इकाई सभापति साधना घिमिरेले भनिन्, ‘बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

दोषीलाई कारबाही गराउन दवावमूलक कार्यक्रम जारी राख्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment