Comments Add Comment

कैलालीका ५ जना मलेसियामा अलपत्र

४ पुस, धनगढी । कैलालीको फूलबारी गाविस ई गाउँका पाँचजना मलेसियामा अलपत्र परेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया गएका रामबजारे चौधरी, प्रकाश चौधरी, सीताराम चौधरी, बाबुराम चौधरी र गदरिया गाविस-१ का माघु चौधरी अलपत्र परेका उनका परिवारजनले जानकारी दिएका छन् ।

मलेसियाको एलएच गोल्डेन रिसोर्सेज कम्पनीमा काम गर्न गएका उनीहरु अहिले घर फर्कन चाहे पनि आवश्यक कागजात नहुँदा क्वालालम्पुरमा लुकेर बस्दै आएका रामबजारेकी श्रीमती सुस्मिताले बताइन् ।

उनीहरु नूर अपर्चुनिटीका स्थानीय प्रतिनिधि अशोक सुवेदीमार्फत मलेसिया पुगेका थिए । जनही एक लाख २५ हजार रुपैयाँ दिएर मलेसिया गएका उनीहरुको ‘कन्ट्रयाक्ट भिसा’ भएकाले धेरै समय काम गर्न नपाएपछि अलपत्र परेको बताइएको छ ।

अलपत्र परेका उनीहरुलाई घर फर्किने व्यवस्था गरिदिन आफन्तजनले आग्रह गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment