Comments Add Comment

माघ ८ मा संविधान नबने दुर्भाग्य : नेम्वाङ

Subash Nembang 1
फाइल फोटो

४ पुस, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि थप क्रियाशील हुन राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।
अब पनि निर्धारित मितिमा संविधान जारी नभए त्यो भन्दा ठूलो दुर्भाग्य मुलुकका लागि अरु केही नहुने नेम्वाङले चेतावनी दिए

नेपाल रेडक्रस सोसाइटीले शुक्रबार गरेको छलफल कार्यक्रममा सभाध्यक्ष नेम्वाङले भने, ‘जनताका सामु राजनीतिक दलहरुले माघ ८ मा सहमतिका माध्यमबाट संविधान जारी गर्ने प्रतिबद्धता जनाएका हुन्, समयसीमा नजिकिँदो छ त्यसैले म दलका नेताहरुलाई थप क्रियाशील हुन आग्रह गर्दछु ।’

संविधान लेखनमा देखिएका केही असहमतिलाई छिटो समाधान गर्न आफूले बारम्बार आग्रह गर्दै आए पनि दलहरुले चासो नदेखाएको उनले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment