Comments Add Comment

पूरा भयो ढाका टोपी लगाउने कैलाश सत्यार्थीको रहर (फोटो कथा)

kailash-satyarthi-in-Kathmandu-1

४ पुस, काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले शिरमा नेपाली ढाका टोपी ढल्काए ।

तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं सत्यार्थीलाई स्वागत गर्न दाङका सभासद डिल्लीबहादुर चौधरी त्रिभुवन विमानस्स्थलमा पुगेका थिए । चौधरीको शिरमा ढल्किएको ढाका टोपीले सत्यार्थीलाई निकै मोहित बनाए ।

‘मैले ढाका टोपी लगाएको देखेपछि कैलाशजीले मलार्इ पनि नेपाली टोली लगाउने इच्छा छ । म नेपाली नै हो नि भनेर उहाँले भन्नु भयो’ चौधरीले अनलाइनखबरसँग भने ।

जहाँ इच्छा त्यहाँ उपाय भने झै नोबेल शान्ति पुरस्कार विजेताले ढाका टोपी लगाउने इच्छा देखाएपनि पूरा नहुने कुरा भएन ।

kailash-satyarthi-in-Kathmandu-2

एपेक्स कलेजले आयोजना गरेको कार्यक्रममा सत्यार्थीलाई नेपाली ढाका टोपी लगाइदिइएको छ ।

टोपी केही सानो भएकाले सत्यार्थीलाई केही असहज भयो । तर, सभासद चौधरीले सहयोग गरे । नेपाली टोपी लगाएपछि सत्यार्थीले सञ्चारमन्त्री मिनेन्द्र रिजाल र सभासद चौधरीतर्फ हेर्दै ‘सुहायो’ भनेझै गरी हेरेका थिए ।

‘बचपन बचाउ’ आन्दोलनका अभियान्ता सत्यार्थीले नेपाललाई आफ्नो दोस्रो कर्मथलो मान्ने गरेका छन् ।

kailash-satyarthi-in-Kathmandu-3

kailash-satyarthi-in-Kathmandu-4

kailash-satyarthi-in-Kathmandu-5

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment