Comments Add Comment

छोरी बलात्कार गर्ने पत्रकारलाई २० वर्ष जेल

४ पुस, विर्तामोड । नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य रमेश पोखरेललाई २० वर्ष कैद सजाय भएको छ ।

झापा जिल्ला अदालतका न्यायाधीश रमेशकुमार खत्रीको एकल इजालसले झापा घर भएका पोखरेललाई हाडनाता, नाबालक र जबर्जस्ती करणीमा जेल सजाय सुनाएको हो । अदालतले पीडकबाट चार लाख क्षतिपूर्ति बिगो भराउने समेत फैसला गरेको हो ।

विसं २०७० असोज १८ गते झापा जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बादीतर्फ सरकारी वकिल जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराई र प्रतिवादीका तर्फबाट कानुन व्यवसायी चित्रबहादुर मगरले मुद्दामा बहस पैरवी गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment