Comments Add Comment

लठ्ठी टेक्दै सडक आन्दोलनमा ओर्लिए पद्मरत्न

Janajati Marcha pass (6)

४ पुस, काठमाडौं । आन्दोलनलाई लिएर जनजातिहरु विभाजित भइरहेका बेला ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल’ सडकमा उत्रिएको छ । पहिलो चरणको प्रचार आन्दोलनको अन्तिम दिन पद्मरत्न तुलाधर नेतृत्वमा जनजातिहरु सडकमा आएका हुन् ।

आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको आहृवानमा आदिवासी जनजातिहरुले पहिचानसहितको संघीयता माग गर्दै माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म मार्चपास गरेका छन् ।

मार्चपासमा सहभागी हुन आन्दोलनका अध्यक्ष तुलाधर लठ्ठी टेकेर माइतिघर मण्डला पुगेका थिए । पछिल्लो समय चिसो बढेकाले तुलाधरमा दम र घुँडा दुख्ने समस्या देखिएको छ ।

Janajati Marcha pass (2)

मार्चपासमा सहभागीहरुलाई सम्बोधन गर्दै तुलाधरले सडक आन्दोलन सुरु भएको भन्दै आत्मसमर्पण नगर्ने बताए । ‘हामी सडकमा आइपुगेका छौं । अब संविधान निर्माणमा निर्णायक शक्ति बन्छौं’ तुलाधरले भने-‘तर टाउको झुकाउँदैनौं । आत्मसमर्पण गर्दैनौं ।’

यो जातीय नभइ राष्ट्रिय र मुक्ति आन्दोलन भएको उनले बताए । उनले भने-‘गाउँ गाउँसम्म जान्छौं र आन्दोलन उठाउँछौं । तर, आन्दोलन शान्तिपूर्ण हुनेछ । साम्प्रदायिक हुने छैन ।’

मार्चपासमा सहभागीहरुले अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना समितिले तयार पारेको १४ प्रदेशको खाकामा आधारित १४ प्रदेशको नामका कपन बाँधेका थिए ।

Janajati Marcha pass (5)

बानेश्वरमा मार्चपास समापन गर्दै जनजाति महासंघका पूर्व महासचिव तथा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता डा. ओम गुरुङले जातीय पहिचान प्राप्त नभएसम्म आन्दोलन गरिने बताए ।

उनले केही सञ्चार माध्याहरुलाई प्रयोग गरेर पहिचान विरोधीहरुले आन्दोलनको बारेमा भ्रम फैलाउन खोजिएको आरोप लगाए । ‘विभिन्न भ्रम फैलाएर आन्दोलनमा जान रोकिएको छ,’ गुरुङ्ले भने-‘हामी ती भ्रमहरु चिर्न चाहन्छौं ।’

अर्का जनजाति नेता सुरेश आले मगरले पहिचानविरोधीहरुले बहुमतको आडमा संघीयता नै बन्न नदिने षड्यन्त्र गरिरहेको बताए ।

जनजाति महासंघका पदाधिकारी अनुपस्थित

तुलधरको नेतृत्वमा भएको आन्दोलनमा आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल, महासचिव पेम्बा भोटेसहितका पदाधिकारी भने सहभागी भएनन् । बानेश्वरको कोण सभामा उद्घोषकले महासंघका अध्यक्ष कुमारको नाम लिएर सम्बोधनका लागि बोलाएका थिए ।

तर, उनी मार्चपास नै सहभागी थिएनन् । अहिले महासंघ र तुलाधर समितिबीच मतभेद बढेको छ । महासंघका अध्यक्ष र महासचिवसहितका नेताहरु तुलाधर नेतृत्वको आन्दोलनमा नजाने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment