Comments Add Comment

भैरवनाथ गुठी बेलायत शाखा पुर्नगठन

bhairab guthiबेलायत । नेपालको कला र संस्कतिलाई चिनाउने उद्देश्यले गठन भएको भैरवनाथ गुठीको बेलायतमा रहेको शाखा पुर्नगठन गरिएको छ । पुर्नगठित कमिटीको अध्यक्षमा सुशील प्रजापती अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

यस्तै, पुर्नगठित गुठीको बेलायत शाखाको उपाध्यक्षमा शिव श्रेष्ठ, सचिवमा अशोक अवाल, सह सचिवमा पि्रतम प्रजापती र कोषाध्यक्षमा सोनी श्रेष्ठ चयन भएका छन् ।  कार्यसमिति सदस्यहरुमा श्री द्वारे, रुपकराज प्रजापति, निलम महर्जन, रमेश श्रेष्ठ, पल्पसा प्रजापति, विकल प्रजापति, सत्य प्रजापति, ईश्वर पौड्याल चयन भएका छन् ।

कार्यक्रममा एनआरएनए युकेका सभापति महेन्द्र कण्डेल, दक्षिणी लण्डनको पसपुचाः गुठीका अध्यक्ष चुत्रबहादुर श्रेष्ठ, कपिलवस्तु समाज यूकेका दीपक नेपाली, कुमार श्रेष्ठ लगायतले नवनिर्वाचित कार्य समिति सदस्यहरुलाई शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment