Comments Add Comment

नेपालगन्ज कारागार विरुद्ध मुद्दा दायर

४ पुस, बाँके । नेपालगन्ज कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राखिएको विरोधमा पुनराबेदन अदालत नेपालगन्जमा मुद्दा दायर गरिएको छ ।

सार्बजनिक सरोकारको बिषय भन्दै अधिवक्ताहरु विश्वजीत तिवारी, सुनिल श्रेष्ठ र बलबहादुर चन्दले शुक्रबार संयुक्त रुपमा मुद्दा दायर गरेका हुन् ।

२ सय ५० जना क्षमताको नेपालगन्ज कारागारमा हाल ५ सय ५५ कैदी बन्दी छन् । जिल्ला अदालतले मुद्दा फैसला कार्यान्वयन अभियान सुरु गरेपछि कैदी बन्दीको संख्या हृवात्तै बढेको कारागार प्रश्ाासनले जनाएको छ ।

कोठाको अभाव भएपछि अहिले केही कैदीहरू पालमुनि रात बिताउने गर्दछन् । जाडो महिना भएकाले पालमुनि रात बिताउने कैदीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न थालेको र उनीहरूको दैनिकी झन् कष्टकर बन्दै गएको छ ।

करिब १७ कठ्ठा क्षेत्रफलमा रहेको कारागारमा रहेका कैदीमध्ये ४३ महिला छन् । पाँच नाबालक आफ्ना आमासँगै आश्रित छन् ।

कैदी बन्दीको आचरण सुधारका लागि उनीहरूलाई स्वरोजगारमूलक काममा उत्प्रेरित गर्न कारागार विभागले सिपमुलक तालिमको पनि व्यवस्था गरेको छ ।

क्षमता भन्दा धेरै कैदी हुनु, कारागार भवन जीर्ण हुँदै जानु, शौचालय पर्याप्त नहुनु, ढल र फोहरमैलाको उचित निकास नहुनुलगायतका कारण कैदी बन्दीले थप समस्याको सामना गर्नुपरिरहेको छ ।

करिब १ सय वर्ष पुरानो जीर्ण अवस्थाको कारागारमा कैदीको सङ्ख्या बढ्न थालेपछि बाँकेको गनापुर-८ मा क्षेत्रीयस्तरको खुल्ला कारागार निर्माणको काम थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment