Comments Add Comment

राष्ट्रिय लिग फुटबल माघ ७ बाट

४ पुस, काठमाडौं । १ करोड पुरस्कार राशीको राष्ट्रिय लिग फुटबल प्रतियोगिता माघ ७ गतेबाट हुने भएको छ । तर, सहभागी टीमको अझै टुङ्गो लागेको छ ।

यसअघि कात्तिक २२ बाट हुने भनिएको लिग अन्तिम समयमा आएर स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार विज्ञप्ति जारी गरी होम एण्ड अवे प्रणाली अनुसार लिग सञ्चालन हुने जनाएको छ ।

‘८ देखि १० बटा टीम सहभागी हुन्छन् । तर, टीमबारे पछि जानकारी दिन्छौं’ एन्फाका कार्यबाहक अध्यक्ष ललिलकृष्ण श्रेष्ठले अनलाइनखबरसँग भने ।

उनका अनुसार खेलहरु राजधानीका साथै जिल्ला जिल्लामा हुनेछ । एन्फाले ए डिभिजनका ६ र बाँकी जिल्ला फुटबल संघलाई सहभागी गराउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment