Comments Add Comment

कार चिठ्ठा पर्‍यो भन्दै ठग्ने तीन जना पक्राउ

Sabdhan

४ पुस, काठमाडौं । राफल चिठ्ठामा कार र नगद पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडी घर भइ बानेश्वर बस्ने ३० वर्षका दिपेन्द्र भट्ट, मारङ घर भइ ललितपुर बस्ने सुनिल प्रधान र बिराटनगरका ३५ वर्षका पिङकु भन्ने तारिक अली छन् ।

महानगरीय अपराध महाशाखा हनुमानढोकाका अनुसार उनीहरुले भारत तथा पाकिस्तानका नम्वरबाट लाखौं रकम तथा गाडी पुरस्कार परेको भन्दै एसएमएस गर्ने र फण्ड रिलिजका लागि भन्दै पैसा लिने गरेका थिए ।

आकाश बर्माले भारतीय नम्बरबाट स्वयम्भुकी तेन्जीङ्ग याक्चेन शेर्पालाई फोन गरी २४ लाख नदग र मारुती कार चिठ्ठा परेको भन्दै फोन गरेका थिए ।

चिठ्ठा बापत पुस्कार पाउन सरकारलाई राजस्व बुझाउनु पर्ने भन्दै ७ लाख ४४ हजार मागेपछि शेर्पाले सुनिल प्रधान, दिपेन्द्र भट्ट, रेखा भट्ट, प्रदिप जोशी र विक्रान्त गिरी समेतको खातामा रकम जम्मा गरेका थिए । प्रहरीका अनुसार बर्माले पुनः रकम माग गरेपछि शेर्पाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

यस्तै स्तानी मोवाईल नम्वरबाट जोरपाटीका प्रविण कुमार गुप्तालाई १५ लाखको चिठ्ठा परेको भन्दै फोन आएको थियो । चिठ्ठा रकम पाउन सुरुमा ३२ हजार ५ सय र दोस्रो पटक ८० हजार गरी १ लाख १२ हजार ५ सय दिँदा पनि रकम नआएको पीडितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment