Comments Add Comment

दक्षिण एसियाली महिला भलिबलमा नेपालको विजयी सुरुवात

nepali-vollyball-team

४ पुस, काठमाडौं । राजधानीमा शुक्रबारबाट सुरु भएको प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कबर्डहलमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । कमजोर मानिएको माल्दिभ्स बिरुद्ध नेपालले २५-१९, २५-११ र २५-१३ को सहज जित दर्ता गराएको थियो ।

तुलनात्मक रुपमा पहिलो सेटमा कमजोर प्रर्दशन गरेको नेपालले दोस्रो र तेस्रो सेटमा सुधारिएको प्रर्दशन गरेको थियो । ‘पहिलो सेटमा रिसिभिङ बिगि्रयो’ नेपाली महिला टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले । दोस्रो र तेस्रो सेटमा खेलाडीले राम्रो तालमेल गरेको प्रशिक्षक रिमालले बताए ।

उता, माल्दिम्सका प्रशिक्षक ईब्राहिम जलिलले नेपाल वलियो टोली भएको बताउँदै आफनो टोलीले राम्रो खेलेको प्रतिक्रिया दिए ।

प्रतियोगिता श्रीलंकाले पनि जित हात पारेको छ । उसले बंगलादेशलाई ३-० को साझो सेटमा हराएको छ । श्रीलंकाली टोलीले २५-६, २५-१८ र २५-१५ को सफलता हात पारेको छ ।

५ देश सम्मिलित प्रतियोगिता भोलि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा ४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेश सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment