Comments Add Comment

बलात्कार अभियोगमा ६५ वर्षीय ‘हजुरबा’ पक्राउ

४ पुस, सोलुखुम्बु । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ६५ वर्षका वृद्ध पक्राउ परेका छन् ।

rape victimदेउसा-७ का स्थानीयबासीले ६५ वर्षीय कुमारसिंह राईलाई पक्राउ गरे प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरीका अनुसार गाउँमा हजुरबा भनेर बोलाइने राईले पनि घटना स्वीकार गरेका छन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा राईले विभिन्न प्रलोभन देखाइ बलात्कार गरेको देखिएको छ । उनले पछिल्लो पटक २३ गते ५०० रुपैयाँ दिएर बलात्कार गरेको खुलेको छ ।

घटनाबारे हल्ला भएपछि बृद्धले बालिकालाई गाउँलेहरुसँग किशोरीलाई विवाह गर्छु भन्दै हिडेको समेत खुल्न आएको छ ।

प्रहरीले शुक्रबार नै युवतीको स्वास्थ्य परीक्षण गरेको छ भने राईले म्याद थप गरी थुनामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment