Comments Add Comment

दक्षिण कोरियाको वामपन्थी दलमाथि प्रतिवन्ध

४ पुस, सोल । उत्तर-कोरिया समर्थक समूह भएको आरोपमा दक्षिण कोरियाको संवैधानिक अदालतले कट्टर वामपन्थी राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाएको छ ।

सरकारले युनाइटेड प्रोग्रेसिभ पार्टीलाई प्रतिबन्ध लगाउन निवेदन दिएको थियो ।

नौ न्यायाधीशको इजलासमा आठ निवेदनको पक्षमा र एक न्यायाधीशले विपक्षमा मत दिएका छन् । अदालतले युनाइटेड प्रोग्रेसिभ पार्टीका पाँच सांसदको पद खारेज गरिदिएको छ ।

युनाइटेड प्रोग्रेसिभ पार्टीले उत्तर कोरियाको वैचारिक अवधारणालाई समर्थन गरी दक्षिण कोरियाको संविधानले दिएको आधारभूत प्रजातान्त्रिक आदेशलाई चुनौती दिएको अदालतको ठहर छ । अदालतका मुख्य न्यायाधीश पार्क हान चुलले निर्णयबाट मुलुकमा समय लिने गरेको वैचारिक विवाद अन्त्य भएको बताए ।

दक्षिण कोरियाको निर्वाचन अधिकारीहरूले पनि उक्त पार्टीको सम्पत्ति रोक्का लगाएका छन् ।

अदालतले निर्णय सुनाउँदा नजिकै सडकमा प्रतिद्वन्द्वी समूहका सयौँ कार्यकर्ता भेला भएका थिए भने अदालतको सुरक्षाका लागि एक हजार दङ्गा प्रहरी तैनाथ गरिएको थियो ।

करिब २०० परम्परागत कार्यकर्ताहरूले सैनिक पोसाकमा अदालतको निर्णयको स्वागत गरेका थिए र उनीहरूले राष्ट्रिय झण्डा फहराएका थिए ।

सडकमा युपीपीका करिब ४०० सदस्यले राष्ट्रपति पार्क गुन हेको सरकारले प्रजातान्त्रिक सिद्धान्तलाई नष्ट गरेको आरोप लगाए । युपीपीका नेता ली जुङ हीले आज संवैधानिक अदालतले सत्तावादी निर्णय गरी कालो युग आरम्भ गरेको दाबी गरे । उनी सन् २०१२ मा राष्ट्रपति पदका लागि उम्मेदवार थिए ।

प्रधानमन्त्री जुङ होङ वनले अदालतको निर्णयलाई स्वागत गर्दै यसबाट युपीपीले प्रजातान्त्रिक प्रणाली पल्टाउन तथा उत्तर कोरियाली समाजवाद स्थापना गर्न खोजेको प्रमाणित भएको बताउका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment