Comments Add Comment

प्रेमिकाका लागि ३ सय ६५ वटा प्रेमपत्र, पत्रले भरिएको भाँडो उपहार दिने योजना

love letter box
एक प्रेमीले आफ्नी प्रेमिकालाई यतिधेरै माया गर्ने रहेछन् की उनले आफ्नी प्रेमिकाका लागि ३ सय ६५ वटा प्रेमपत्र लेखे । उनले लेखेका प्रेमपत्र राख्दा एउटा ठूलो जार नै भरिएको छ । अब उनले प्रेमपत्रले भरिएको उक्त जार आफ्नी प्रेमिकालाई उपहार दिँदैछन् । नयाँ वर्ष सन् २०१५ को उपलक्ष्यमा उनले आफ्नी प्रेमिकालाई उक्त प्रेमपत्रको भाँडो उपहार दिँदैछन् । हरेक दिन आफ्नो एउटा प्रेमपत्र पढेर प्रेमिकाको पूरै एक वर्ष बितोस् र आफ्नो प्रेमको अनुभुत गर्न सकुन् भन्ने चाहना उनको छ ।
सोसल साइट रेडिटका TheOnlyOne87   नामका एक प्रयोगकर्ताले आफ्नी प्रेमिकाका लागि एक वर्षभरमा हरेक दिन एउटा चिठी लेखेका हुन् ।
८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनले आफ्नो अगाध प्रेम दर्साउनका लागि असामान्य तथा अनौठो सरप्राइज दिन आँटेका हुन् ।
उनले विभिन्न ३ थरीका कागजमा भिन्न भिन्न व्यहोराका प्रेमपत्र लेखेका छन् । पहेँलो कागजमा प्रेमिकासँग बिताएका अविष्मरणीय क्षणहरु, हरियोमा भनाइ तथा सायरीहरु तथा गुलाबी कागजमा प्रेमिकालाई माया गर्नुका कारणहरु उल्लेख गरेर प्रेमपत्र लेखिएको छ ।
उनले प्रेमिकालाई उपहार दिन ठिक्क पारेको प्रेमपत्रले भरिएको जारमा यस विषयमा जानकारी दिँदै लेखिएको कागज टाँसेका छन् । जसमा उनले लेखेका छन्, ‘अर्को वर्षको हरेक विहान तिमीले एउटा पत्र टिपेर पढ्नेछौ, जो तिम्रो लागि हरेक दिनको असल सुरुवात हुनेछ ।’
उता आफ्नो प्रेमिले आफ्नो लागि ३ सय ६५ प्रेमपत्रको उपहार दिन लागेको थाहा पाएपछि प्रेमिका खुसीले रोइन् । सो कुराको खुलासा उनले सोसल साइटमार्फत नै गरेका छन् ।
प्रेमपत्रमा लेखिएका कुराहरु हरेक दिन पढ्न पाउने र वर्षभरी नै नयाँ कुरा तथा भावना बुझ्न पाउने कुरा साँच्चीकै ठूलो सरप्राइज हो । प्रेमपत्रमा के कुरा लेखिएको छ, त्यो त पढेपछि मात्र थाहा लाग्नेछ । तर उनले क्रेजी प्रेमीको रुपमा आफुलाई प्रमाणित गर्न भने सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment