Comments Add Comment

दुखाइ कम गर्ने औषधिले घटाउँछ छालाको क्यान्सर

ckin canser
जिउको दुखाइ कम गर्ने एस्पिरिन तथा आइबुप्रोफेन जस्ता पेनकिलरहरुको नियमित सेवनले छालाको क्यान्सरबाट बचाउन सहयोग गर्ने एक अनुसन्धानले देखाएको छ ।
अस्ट्रेलियाका वैज्ञानिकहरुले गरेको अनुसन्धानले स्टेरोइड मुक्त एन्टीफ्लामेटोरी ड्रग्स -एनएसएआइडिएस) ले सबैभन्दा बढि हुने छालाको क्यान्सर, स्क्वामस सेल कार्सिनोमाको जोखिम १८ प्रतिशतले घटाउने देखाएको छ ।
यसअघि यस्तो पेनकिलरले आन्द्राको क्यान्सर लगायतका क्यान्सरको जोखिम समेत घटाउने पुष्टि भएको थियो ।
जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजीमा छापिएको शोध अनुसार छालाको क्यान्सरको जोखिम कम गर्नमा एस्पिरिन सबैभन्दा बढि प्रभावकारी देखिएको छ । एस्पिरिन बाहेकका एनएसएआइडीएस पेनकिलरको सेवनले १५ प्रतिशत जोखिम कम हुने पाइएको छ ।
डाइक्लोफिनेक, आइबुप्रोफेन तथा एस्पिरिन जस्ता पेन किलरमा हुने तत्वले कक्स टू नामक इन्जाइमको उत्पादनलाई कम गर्छ । यो इन्जाइम सरीरमा क्यान्सर कोषिकाहरुको विकाशमा जिम्मेवार मानिन्छ ।
शोधकर्ताहरुका अनुसार क्यान्सरका पूर्व लक्षणहरु देखिइसकेको वा परिवारका अन्य सदस्य तथा अघिल्ला पुस्तामा क्यान्सर रहेको इतिहास भएको अवस्थामा यस्ता पेनकिलरलाई क्यान्सर रोकथाम गर्ने औषधिको रुपमा प्रयोग गर्न सकिने सम्भावना छ ।
तर कतिपय विज्ञहरुले भने पेनकिलरहरुको सेवनले छालाको क्यान्सरको जोखिम घटाउने भन्ने तथ्य सबै हकमा लागु नहुन सक्ने र त्यसमा मानिसको छाला सूर्यको किरणसँग कति सम्पर्कमा आउँछ र पेनकिलरको प्रयोग कति मात्रामा गरिन्छ भन्ने कुराले असर गर्ने बताएका छन् ।
पेनकिलरको अत्यधिक प्रयोगले आन्द्रामा रगत आउने लगायतका साइड इफेक्ट समेत हुने भएकाले निकै सावधानी अपनाउनुपर्ने हुन्छ । त्यसैले पेनकिलरलाई क्यान्सरको औषधिको रुपमै प्रयोग गर्नुभन्दा छालाको क्यान्सरबाट जोगिन नांगो छालालाई घामको प्रत्यक्ष सम्पर्कमा नराख्नु लगायतका सावधानीका उपाय अपनाउनुपर्ने सुझाव विज्ञहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment