Comments Add Comment

यौन सम्पर्कका लागि किशोर किशोरी उपलब्ध छन् भन्दै एसएमएस आएपछि…

५ पुस,काठमाडौं । ‘काठमाडौं उपत्यकाभित्र किशोरकिशोरी व्यवसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९९२१/९८०८९७०१११ मा फोन गर्नुहोला ।’sms

यो सन्देश (एसएमएस) शुक्रबार उपत्यकाभर भाइरल भयो । स्विस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘टेरी डेस होम्मेस’ ४४७४००३४३६५५ नम्बरबाट पठाएको यो सन्देश सामान्य नागरिक मात्रै नभएर मुलुकका न्यायाधीश, प्रहरी, सञ्चारकर्मीलगायत उच्चपदस्थको मोवाइलमा पुगेको थियो ।

होम्मेसले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा बालबालिकाको व्यावसायिक यौनशोषण -सीएसईसी)को अवस्थाबारे जानकारी हासिल गर्न अभियानका रुपमा पहिलो चरणमा बिहीबार एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई यस्तो सन्देश पठाएको उल्लेख गरेको अन्नपूर्ण पोस्टमा खबर छ । सन्देश भने शुक्रबारमात्रै भाइरल भएको थियो ।

कार्यक्रमको जानकारी र सन्देश पठाउने सम्बन्धमा काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीलाईसमेत भेट्न पुगेका संस्थाका कर्मचारीलाई कार्कीले यस्तो सन्देश पठाउन नहुने जबाफ दिए पनि होम्मेसले जबरजस्ती पठाएको थियो । सन्द्येश प्रहरीकै उच्च अधिकृतलाई पुगेपछि सोधीखोजी सुरु भएकेा थियो ।

प्रमुख जिल्ला अधिकारी एकनारायाण अर्यालले होम्मेसको यो अभियानबारे थाहा नभएको बताए । एसएसपी कार्कीले भने आफूसँग यो विषयमा कुरा गर्न आएपनि स्वीकृति नदिएको बताए ।

होम्मेसका कर्मचारी नवजितले भने प्रमुख जिल्ला अधिकारी र एसएसपीसँगको छलफलमा सन्देशका लागि तीन नमुना देखाएको र अन्त्यमा यो पठाएको बताए । उनले बालबालिकामा यौन शोषण हुनु हुँदैन भन्ने सन्देश दिन एसएमएस पठाएको बताए ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी विज्ञानराज शर्माले यस्तो सन्देश कसको सहमतिमा बाहिर आयो भन्नेबारे अनुसन्धान तथा छानबिन गरी कारबाही गर्न काठमाडौं प्रहरी प्रमुख कार्कीलाई निर्देशन दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment