Comments Add Comment

प्रेमको प्रतिक भन्दै औँठी लगाउँछन् नेताहरु

५ पुस,काठमाडौं । नेपाली नेताहरु औँठीका सौखिन छन् । उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दसहित औँठी लगाउने नेताहरुको लामै सूची बन्छ ।

Sushil1उनीहरुका ‘औँठी प्रसंग’ पनि रोचक छन् । कतिपयले ज्योतिषको सल्लाहमा राशिअनुसारको पत्थरजडित औँठी भिरेका छन्, कतिपय आफ्नो औँठीलाई प्रेमको प्रतीक बताउँछन भने कतिले उपहार पाएर लगाएको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री सुशील कोइरालाले दाहिने हातका चोर र साहिँली औँलामा औँठी लगाउँछन् । औँठीबारे बुझ्न खोज्दा उनका प्रेस सहयोगीले भने, ‘देशमा के के हुँदै छ, तपाई औँठीको पछि लाग्ने कस्तो पत्रकार ?’

उपराष्ट्रपति परमानन्द झा पनि औँठीका सौखिन हुन् । लामो समयदेखि उनले दायाँ हातको साहिली औँलामा औँठी भिरेका छन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले दाहिने हातको चोर र बायाँ हातको माइली औलामा औँठी लगाएका छन् । उनी भन्छन्-‘श्रीमतीको इच्छाले लगाएको हुँ, औँठी र पत्थरबारे मलाई केही थाहा छैन् ।’

औँठीका सबैभन्दा सौखिन नेता हुन तमलोपा सहअध्यक्ष हृदयेश त्रिपाठी । श्रीमतीको सिफारिसमा सात औलामा उनले फरकफरक पत्थरजडित औँठी भिरेका छन् । यसबारे उनले ठाउँठाउँमा प्रस्टीकरणसमेत दिनुपरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि ज्यातिषीको सल्लाहमा दुवै हातका साहिँली औँलामा औँठी लगाएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि दुवै हातको साइली औँलामा औँठी भिर्छन् । त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि औँठीका सौखिन हुन । उनले दायाँ हातको साहिँली औँलामा वर्षौदेखि औँठी लगाएका छन् । पूर्व उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले दायाँ हातको माइली औँलामा औँठी लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment