Comments Add Comment

सरकारले २०२५ मा नेपाललाई भोकमरीमुक्त बनाउने

५ पुस, काठमाडौं । सरकारले सन् २०२५ सम्म मुलुकलाई भोकमरीमुक्त बनाउने घोषणा गरेको छ। राजधानीमा शुक्रबार आयोजित भोकमरीमुक्त (जिरो हंगर) घोषणा कार्यक्रममा सरकारले यस्तो प्रतिबद्धता जनाएको हो।

SONA_MASURI_RICEप्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट सहरी विकासमन्त्री डा. नारायण खड्काले उक्त अभियान सुरु भएको घोषणा गरे। प्रधानमन्त्री कोइरालाको सन्देश पढ्दै उनले भने, ‘आगामी ११ वर्षभित्रमा नेपाललाई भोकमरीबाट मुक्त गराउन दातृ निकायको भूमिका पनि अपरिहार्य छ।’ सन्देशमा दातृ निकायको प्रतिबद्धताको खाँचो रहेको औंल्याउँदै अभियान सफल पार्न साझेदारी र लगानी आवश्यक रहेको उल्लेख गरेको अन्नपूर्ण पोस्टमा खबर छ।

सन् १०१२ मा ब्राजिलमा सम्पन्न दिगो विकासको लागि रियो प्लस ट्वेन्टी सम्मेलनबाट पारित र सन् २०१३ को अप्रिलमा सम्पन्न एस्क्याप को ६९औं सत्रले विश्वलाई भोकमरीरहित अवस्थामा पु:याउने साझा अभिसन्धि पारित गरेको थियो। अभिसन्धिमा दक्षिण एसियाबाट नेपालले मात्र सन् २०२५ सम्म भोकमरी समस्या जरैबाट उखेल्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेको थियो।

प्रतिबद्धता कार्यान्वयनमा ल्याउन डा. खड्का, कृषिमन्त्री हरिप्रसाद पराजुली तथा संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा उक्त अभियानको कार्ययोजना पनि सार्वजनिक गरेका थिए।

कृषिमन्त्री हरिप्रसाद पराजुलीले सिँचाइ, बजारीकरण, उन्नत बीउबिजन, मल, खेतीयोग्य जग्गालगायतका विषयलाई राज्यले प्राथमिकतामा राखेर सम्बोधन नगरेसम्म तोकिएको अवधिमा लक्ष्य भेट्न गाह्रो हुने बताए।

स्वास्थ्यमन्त्री खगराज अधिकारीले ‘भोकमरी अन्त्य’ गर्ने अभियान पाँचतारे होटेलबाट आरम्भ गरिएकोमा रोष व्यक्त गरे। उनले भने, ‘मुलुकबाट भोकमरी अन्त्य गर्ने अभियानको थालनी ठूला होटेलबाट गर्नु लज्जास्पद छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment