Comments Add Comment

सोमबारदेखि हवाइ भाडा घट्ने

५ पुस काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घट्ने भएको छ ।
विमान कम्पनीले हवाई भाडामा लिइने इन्धनबापतको मूल्य ‘फ्युल सरचार्ज’ घटाएका छन् ।

Siddhrtha-Airport-Bhairahawनिगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएपछि विमान सञ्चालक संघ (आयोन) ले फ्युल सरचार्ज घटाउने निर्णय गरेको हो ।
जसअनुसार सबैभन्दा लामो दूरीको उडान रहेको काठमाडौं-धनगढी उडानमा तीन सय ८७ रुपैयाँ भाडा घट्ने छ ।

नयाँ भाडा सोमबारदेखि लागू हुनेछ ।

जसअनुसार औसत रुपमा नेपालगन्जसम्मको भाडा पाँच हजार चार सय, भद्रपुरसम्मको भाडा पाँच हजार एक सय ४५, विराटनगरसम्मको चार हजार चार सय ५५ रुपैयाँ कामय हुने छ ।

त्यस्तै भैरहवासम्मको चार हजार ९४ रुपैयाँ, पोखरासम्मको तीन हजार तीन सय ३१ रुपैयाँ, सिमराको तीन हजार ९५ रुपैयाँँ र धनगढीसम्मको ६ हजार ६३ रुपैयाँ हुनेछ ।

हरेक पटक इन्धनको मूल्य समायोजन गर्दा निगमले हवाई इन्धनको मूल्य भने समायोजन गरेको थिएन । यसअघि इन्धनको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment