Comments Add Comment

सत्यार्थीले बागमती सफाइ गरे

Kailash-satayarthi
५ पुस, काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थीले बागमती सफाइ गरेका छन् ।

बागमती सफाइको महाअभियानको ८४ औ हप्ता अन्गर्तत शनिबार टेकुपुल अगाडिदेखि सानेपा पुलसम्म सफाइ गरिएको छ ।

अभियानमा सहभागी भएका सत्यार्थीले वाग्मती आमाको बाहिरी मात्र नभइ भित्रैदेखि सफा गर्नुपर्ने बताए । उनले भने-‘तपाईँहरूले वाग्मतीको सेवा होइन, आˆनै सेवा गर्नुभएको छ, पहिला फोहर फालेर पाप गर्नुभयो, अहिले सफा गरेर पुण्य कमाउँदै हुनुहुन्छ, म पनि बाहिरको पाहुना नभई यहाँकै हुँ ।’

सफाइ अभियानमा काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लब, महिला समूह, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यालयका विद्यार्थी एवम् सर्वसाधारणको सहभागीता रहेको थियो ।

Kailash-satayarthi1

तस्वीरः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment