Comments Add Comment

विपाशाको अलोन ४० लाखले हेरे

alone bipasa
मुम्बई । अभिनेत्री विपाशा बसु अभिनित फिल्म ‘अलोन’ को प्रोमो युटुबमा हिट भएको छ ।
१० दिन अघि नौ डिसेम्बरमा युटुबमा राखिएको भिडियो टे्रलर हेर्ने दर्शक आजसम्म ४० लाख बढी भएका छन् ।
सर्वसाधारणले भिडियो हेर्नुलाइ त सामान्य मानिन्छ । तर, अलोनको भिडियोमा शाहरुख खान, प्रियंका चोपडा, ऋतिक रोशन, अर्जुन कपुर लगायतले लाइक गरेका छन् ।
युटुबमा ट्रेलर हिट भएपछि विपाशाले ट्वीट गर्दै भनेकी छिन् ‘अलोनको ट्रेलर हिट बनाउन सहयोग गर्नु हुनेहरु १६ जनावरीमा फिल्म हेर्न पनि आउनु हुने छ ।’
यस फिल्ममा विपाशा र करण सिंह ग्रोवरको मुख्य भुमिका रहेको छ । फिल्मको कथा जुम्ल्याह दिदी बहिनीको कथामा आधारित छ जो सँधै संगै बस्न चाहन्छन् ।
तर, दुइ मध्ये एउटीको मृत्यु भएपछि आइपर्ने समस्यालाइ फिल्मको विषय बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment