Comments Add Comment

बाबुरामले भने-बिहे गर्ने हतारोमा दुलही खोज्नै बिर्स्यो जस्तो भो

Baburam-bhattrai-press-meet

५ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफूहरुले नेपालमा कुनै संविधान नै नभएर एक थान छापिएको कागज नखोजेको बताएका छन् ।

निर्णायक भनिएको प्रमुख तीन दलको वार्ता असफल भएपछि भट्टराईले आफूहरुले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षण, समावेशी समानुपातिक लोकतन्त्र आर्थिक सामाजिक रुपान्तरणलाई संस्थागत गर्ने संविधान खोजेको बताए ।

संविधान बनाउने हतारोमा मुद्दा नै बिर्सने नहुने भन्दै उनले फेसबुकमा लेखेका छन्-‘विहे गर्ने हत्पतमा दुलही/दुलाहा खोज्न बिर्स्यो’ भने झैं माघ ८ मा संविधान बनाउनैपर्छ भन्ने होहल्लामा कस्तो संविधान बनाउने हो भन्ने कुरा सार्वजनिक छलफलबाट हराउँदै गएको अनुभुत हुँदैछ ।’

संविधान माघ ८ कि फागुन ८ मा बन्ने भन्ने प्रमुख नभएको भन्दै उनले अघि भनेका छन्-तर हामीले हेर्ने त्यसरी होइन, बाजागाजा बजाउँदैमा विवाह हुँदैन । त्यहाँ दुलहा-दुलही नै भएनन् भने बाजागाजाको केही पनि अर्थ हुँदैन । मुख्यरुपमा संविधानको अन्तरबस्तु कस्तो बन्छ, ठीक ढंगको संविधान बन्छ कि बन्दैन भन्ने कुरा मुख्य हो ।’

भट्टराईले ०४७ सालपछिको शक्ति कांग्रेस, एमाले र राप्रपा तथा २०६२/६३ सालको शक्ति एमाओवादी/माओवादी, मधेसवादी, जनजाति र अन्य शक्तिबीच ठुलो दुरी रहेसम्म सहमति वा बहुमतीयबाट संविधान नबन्ने बताए ।

सम्वाद समितिका सभापति समेत रहेका भट्टराईले माघ ८ मा संविधान देऊ भनेर मात्र नहुने भन्दै ‘हामीले रगत बगाएर प्राप्त गरेको अधिकार संस्थागत हुने गरी अग्रगामी संविधान माघ ८ भित्रै बनाऊ भनेर दबाव दिन समेत आहृवान गरेका छन् ।

उनले भनेका छन्-नत्र माछो माछो भ्यागुतो ! मात्र होला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment