Comments Add Comment

प्रचण्ड निहुँ खोज्न आएका रहेछन् : ओली

५ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी नेताहरु बालुवाटार बैठकमा निहुँ खोज्न मात्र आएको टिप्पणी गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

निर्णायक भनेर बोलाइएको वार्तामा कांग्रेस र एमालेले २०४७ को संविधानको जस्तै प्रस्ताव ल्याएको र पेल्न खोजेको भन्दै माओवादी नेतहरु बैठक छाडेर हिडेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले माओवादी नेताहरुले धम्क्याउने, रिसाउने र थर्काउने काम गरेको आरोप लगाए । उनले भने-‘आफ्ना कुरा अरुले मान्नैपर्छ । अरुलको कुरा सुन्न पनि हुँदैन भन्ने चरित्र उहाँहरुले देखाउनु भयो ।’

संविधान र संविधानसभा नियमावली अनुसार अघि बढौं भन्दा पनि माओवादी तयार नभएको उनले बताए ।

माओवादीले वार्ता र मोर्चा बनाएर आन्दोलनको तयारी गरेको भन्दै एमाले अध्यक्ष ओलीले भने-‘हामीले विभिन्न विकल्प दियौं । तर, उहाँहरु आफ्ना कुरा राख्न होइन निहुँ खोज्न मात्र आउनु भएको जस्तो लाग्यो ।’

बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले माओवादी नेताहरुको व्यवहारले आफूहरु आश्चर्यमा परेको बताए । सहमतिका लागि अझै प्रयास गर्ने र नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्न उनले बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सुशील कोइरालापछि एमाले अध्यक्ष केपी ओलीले विभिन्न विकल्पहरु राखिरहेका बेला माओवादी नेताहरु हामीलाई पेल्न नखोज्नुस् भन्दै उठेर हिडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment