Comments Add Comment

भारतविरुद्धको दोस्रो टेष्टमा पनि अष्ट्रेलिया विजयी

Australia-Victory

५ पुस, काठमाडौं । भारतविरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको छ । यससँगै उसले चार म्याचको श्रृखलामा २-० को अग्रता लिएको छ ।

चौथो दिन भारतले प्रस्तुत गरेको १२८ रनको सामान्य लक्ष्य घरेलु टोलीले २३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

खराव सुरुवात गरेको उसका लागि ओपनर क्रिस रोजरले ५५ रन बनाए भने कार्यवाहक कप्तान स्टिभन स्मिथले अविजित २८ रन जोडे । शोन मार्सले १७ रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

भारतका इशान्त शर्माले ३८ रन दिएर तीन विकेट लिए भने उमेश यादवले दुई विकेट लिए ।

यसअघि १ विकेटको क्षतिमा बनाएको ७१ रनबाट चौथो दिनको खेल थालेको भारतले कुल २२४ रन बनाउँदा सबै विकेट गुमायो । शिखर धवनले ८१ रन बनाए भने चेतेश्वर पुजारा ४३ र उमेश यादव ३० रनमा आउट भए । अन्य व्याट्सम्यान चल्न सकेनन् ।

भारतलाई सस्तैमा समेट्ने क्रममा मिचेल जोनसनले ४ विकेट लिए भने जोस हृयाजलउड, नाथन लायन र चिमेल स्टार्कले समान २/२ विकेट लिए ।

पहिलो पारीमा भारतले मुलरी विजयको शतकको मदतमा ४०८ रन बनाएको थियो भने अष्ट्रेलियाले स्मिथको शतकमा ५०५ रन बनाएको थियो ।

स्मिथ म्यान अफ दि म्याच बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment