Comments Add Comment

कैलाश सत्यार्थीलाई दाङमा नागरिक अभिनन्दन

Kailash-satayarthi-1

निमुसंगम घर्ती

५ पुस, दाङ । नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीलाई दाङमा नागरिक अभिनन्दन गरिएको छ ।

तुलसिपुरको अरनिको मैदानमा शनिबार भव्य कार्यक्रमको आयोजना गरी सत्यार्थीलाई अभिनन्दन गरिएको हो । दंगालीहरुको तर्फबाट नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले सत्यार्थीलाई कदरपत्र सहित दोसल्ला ओढाएर अभिनन्दन गरेका हुन् ।

सत्यार्थीलाई झाँकी र पञ्चेबाजासहित टरिगाउँ बिमानस्थलमा स्वागत गरी तुलसिपुर बजारको परिक्रमा गराइएको थियो ।

अभिनन्दनपछि कार्यक्रमलाई सम्बोधन गर्दै सत्यार्थीले नोवेल शान्ति पुरस्कार आफूले नभई संसारका बालबालीकाले पाएको बताए । सबै मिलेर बाल मजदुरी, बालदासता, अशिक्षा र हिंसालाई परास्त गर्नुपर्ने उनको भनाइ छ ।

६० बर्षीय सत्यार्थीले नेपालमा पाएको स्वागत र सम्मानले थप हौसला मिलेको बताएका छन् ।

उनले बालबालिकाको शिक्षा, मानव अधिकार र वालश्रमबिरुद्धका आधारभुत अधिकारलाई संविधान मै लेख्न कार्यक्रममा उपस्थित सभासद्हरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment