Comments Add Comment

हिन्दु राज्य माग गर्दै राप्रपा नेपाललको पुस ९ बाट रथयात्रा थाल्ने

५ पुुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दू राष्ट्र कायम गर्न माग गर्दै पुस ९ गतेबाट मेची-महाकाली सङ्कल्प रथयात्रा गर्ने भएको छ ।

फाइफ फोटो
फाइफ फोटो

‘मेची-महाकाली-श्री पशुपतिनाथ हिन्दूराष्ट्र पुनःस्थापना सङ्कल्प रथयात्रा’ नाम दिइएको रथयात्रा ९ गते झापाबाट सुरु हुनेछ । तराईका सबै र पहाडका आठसमेत ३० जिल्लाको यात्रा पार गरेर पुस १८ गते काठमाडौँमा समापन हुने राप्रपा नेपालले जनाएको छ ।

दशदिने रथयात्राले १९२९ किमिको दूरी पार गर्ने छ । रथयात्राको क्रममा १०८ वटा सभा हुने र त्यसलाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले संविधान लेखन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने दबाव दिने उद्देश्यले रथयात्रा गरिएको बताए ।

संविधानसभाले विगतमा पारित गरेको जनतासँग प्रतिक्रिया लिने समयसँग तालमेल हुने गरी रथयात्रा तय गरिएको जानकारी दिँदै उनले भने-ठूला दलहरुको व्यक्तिगत स्वार्थ र अकर्मण्यताले गर्दा जनताको राय सुझाव लिने काम अझै हुन नसकेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment