Comments Add Comment

सादा चियापत्तीलाई ब्राण्डेड बट्टामा राखेर बच्ने पक्राउ

५ पुुस, काठमाडौं । सादा चियापत्तीलाई विभिन्न ब्राण्डको बट्टामा प्याकिङ गरेर बेच्दै आएका हरि भन्ने भेषबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले तीनकुने सुविधानगरमा सटर भाडामा लिएर सादा चियापत्तीलाई विभिन्न ब्राण्डको बट्टामा प्याकिङ गर्ने र बजारमा उठाउने गर्दै आएका थिए ।

Tea-pack

बानेश्वर प्रहरीले अधिकारीको तिर्सन फुड प्राडक्सनमा छापा मार्दा ठूलो परिणाममा सादा चिया, विभिन्न ब्राण्डका बट्टाहरु तथा प्याकिङ मेसिन बरामद गरेको छ ।

अधिकारीले सादा चियालाई सम्झना, रेड लेबल गोल्ड लगायतका ब्राण्डका बट्टामा प्याक गरेर बेच्दै आएका थिए ।

उनलाई कालोबजारी वा उपभोक्ता संरक्षण ऐन अन्तरगत कारबाही चलाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment