Comments Add Comment

कुकलाई बर्खास्त गरेर मोर्गनलाई बनाइयो कप्तान

Alastair-Cook-and-Eoin-Morgan

५ पुुस, काठमाडौं । इंग्ल्याण्डले एकदिवसीय टोलीका कप्तान एलेस्टर कुकलाई बर्खास्त गरेको छ । आसन्न विश्वकपका लागि इयान मोर्गनलाई कप्तानको जिम्मेवारी दिइएको इंग्ल्याण्ड क्रिकेट बोर्ड इसीबीले जनाएको छ ।

कुक कप्तानसँगै विश्वकप टिमबाट हट्दाको फाइदा भने ग्यारी ब्यालेन्सलाई भएको छ । उनले टीममा स्थान बनाएका छन् । उदयमान क्रिकेटर बेन स्टोक पनि टीममा परेनन् ।

अष्ट्रेलिया टुरसँगै विश्वकपका लागि कप्तानीको जिम्मेवारी पाएपछि मोर्गनले भनेका छन्-‘इंग्ल्याण्डको कप्तानी गर्न पाउनु ठुलो सम्मान हो । एकदिवसीय टिमको नेतृत्व गर्न पाउँदा निकै खुसी छु ।’

यसै महिना कुकको कप्तानीमा इङग्ल्याण्डले श्रीलंकासँग सात म्याचको श्रृखला खेलेको थियो, जसमा दुई खेल मात्र जितेर श्रीलंकालाई ५-२ ले श्रृखला सुम्पिएको छ ।

कुकले ९२ एकदिवसीय क्रिकेटमा पाँत शतक र १९ अर्धशतक प्रहार गरेका छन् । पछिल्लो समय कुक खराब फर्मबाट गुज्रिरहेका छन् ।

कुक अब टेष्ट कप्तान मात्र रहनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment