Comments Add Comment

तनहुँका सभासदले मागे उर्जामन्त्रीको राजीनामा

TANAHU-KA-SABHASAD

५ पुस, काठमाडौं । जलमाफियाको प्रलोभनमा परेर तनुहँको सेती विद्युत परियोजनाको टेण्डर स्थगित गरेको भन्दै तनहुँका सभासदहरुले उर्जामन्त्री राधा ज्ञवालीको राजीनामा मागेका छन् ।

आयोजना सुपरीवेक्षण परामर्शदाता छनौट गर्ने प्रक्रिया शुरु भइरहेको अवस्थामा मन्त्री ज्ञवालीले बदनियतपूर्ण ढंगले परियोजना स्थगित गरेको सभासदहरुको आरोप छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा सभासद ध्रुव वाग्लेले मन्त्री ज्ञावालीले उक्त निर्णय तत्काल फिर्ता नगरे प्रधानमन्त्रीले हस्तक्षेप गरेर भएपनि बर्खास्ती गर्नुपर्ने माग गरेका छन् ।  मन्त्रीको निर्णयले देश र तनहुँका सम्पूर्ण जनतामाथि विश्वासघात भएको उनको आरोप छ । उनले भने-‘निर्णय नसच्याए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

मन्त्री ज्ञवालीले मन्त्रालयका सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएर उक्त परियोजनालाई छनौट भएको परामर्शदाताको सेडिमेन्टेसनमा कम अनुभव रहेको भनि छनौट प्रक्रिया निश्प्रभावी बनाउन खोजेको सभासद शंकर भण्डारीको आरोप छ । उनले मन्त्री ज्ञावलीमा भ्रष्ट प्रवृत्ति भएको आरोप लगाए ।

अर्का सभासद जनकराज जोशीले उर्जामन्त्रीको निर्णयले एशियालीविकास बैंक पनि झस्केको भन्दै परियोजना रद्द भए त्यसको जिम्मा मन्त्रीले लिनुपर्ने चेतावनी दिए ।

१ सय ४० मेगावाट क्षमता रहेको परियोजनाको लागत करिब ५० अर्ब रुपैयाँ बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment