Comments Add Comment

बंगलादेशलाई हराउँदै नेपाल शीर्ष स्थानमा

Prativa mali

  • सट प्रहार गर्दै नेपालकी प्रतिभा माली ।

५ पुस, काठमाडौं । बंगलादेशलाई हराउँदै नेपाल प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले शनिबार बंगादेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो र ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

राखेप कभर्डहलमा भएको खेलमा कान्छी खेलाडी प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा नेपालले बंगलादेशमाथि २५­­­-११, २५-९ र २५-१० को जित निकाल्यो ।

खेललाई पूर्ण रुपमा नियन्त्रणमा राखेको नेपालको प्रदर्शन निकै आक्रमक थियो । प्रशिक्षक सुदेश कुमार रिमालले टोलीको प्रर्दशनबाट आफू सन्तुष्ट रहेको बताए । नेपालीको प्रदर्शनमा क्रमिक रुपमा सुधार आएको भनदै उनले भोलि भारत बिरुद्धे राम्रो प्रर्दशन गर्ने दावी गरे ।

बंगलादेशका प्रशिक्षक जाकिर हुसेनले छोटो समयको तयारीका बाबजुत आफनो टोलीले राम्रो प्रर्दशन बताए । ‘टोलीको प्रर्दशनबाट म सन्तुष्ट छु, माल्दिभ्सबिरुद्ध जितका लागि खेल्नेछौं’-उनले भनेका छन् ।

प्रतियोगिता अन्तरर्गतको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो भने बंगलादेश श्रीलंकासँग पराजित भएको थियो ।

प्रतियोगिता अन्तरर्गत शनिबार नै भएको खेलमा भारतले माल्दिभ्सबिरुद्ध सहज जित हात पारेको थियो । भारतले कप्तान जिजी रोजुको उत्कृष्ट प्रर्दशनको मदतमा माल्दिभ्सलाई २५-१८, २५-६ र २५-१५ को सोझो सेटमा पराजित गरेको छ ।

आइतबार उपाधिको दाबेदार टोली श्रीलंकाले माल्दिभ्सको सामना गर्नेछ भने दोस्रो खेलमा आयोजक राष्ट्र नेपालले भारत बिरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment