Comments Add Comment

भारतीय सीमामा हुने दुर्व्यवहार रोक्न सशस्त्र प्रहरीको हटलाइन सेवा

५ पुस, काठमाडौं । भारतसँगको सीमावर्ती इलाकामा ओहोर दोहोर गर्दा हुने दुर्व्यवहार लगायतका समस्या समाधानको पहल गर्न सशस्त्र प्रहरी बलले हटलाइन सेवा सञ्चालन गरेको छ ।

sima-bordकुनै समस्या आएमा जानकारी गराउन आग्रह गर्दै सशस्त्र प्रहरीले देशको पाँचै क्षेत्रस्थित बलको मुख्यालय बाहिनीहरुमा चौविसै घण्टा ड्युटी रहने गरी फोन नम्बर १११४ संचालनमा ल्याएको हो ।

यो नम्बरमा टेलीफोन गर्दा पैसा लाग्दैन । फोन नम्बर सशस्त्र प्रहरी बल प्रधान कार्यालय लगाएत पाँचै क्षेत्रस्थित बाहिनीमा जडान गरिएको छ भने सवै ठाउँमा चौविसै घण्टा ड्युटी रहने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ । ।

सीमा नाकामा मानिसको बढि आवतजावत हुने ठाउँमा सजिलै देखिने गरी हटलाइन फोन नम्बरसहितको साइनबोर्ड पनि राखिएको छ । हाल देशका विभिन्न ६६ स्थानमा साइनबोर्ड राखिएको छ ।

साइनबोर्डमा नेपालस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को हटलाइन फोन नम्बर र भारतस्थित सशस्त्र सीमा बल (एसएसबी) को कार्यालयको हटलाइन फोन नम्बर उल्लेख छ ।

काठमाडौंमा हालै सम्पन्न ‘नेपाल-भारत समन्वय बैठक’ मा सीमाक्षेत्रमा सुरक्षाकर्मी तथा अरुबाट दुब्र्यवहारमा परेको गुनासो सम्बोधन गर्न दुवै देशले पहल गर्ने सहमति भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment