Comments Add Comment

म्यानचेष्टर सिटीले चेल्सीलाई भेट्टायो

David-Silva

५ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्याचेष्टर सिटीले लिग लिडर चेल्सीमाथि दबाव बढाएको छ ।

शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गर्दै सिटीले चेल्सीसँग अंक बराबरी गरेको हो ।

डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीको १७ खेलबाट ३९ अंक भएको छ । चेल्सीको पनि समान अंक छ तर, उसले एक खेल कम खेलेको छ ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले पहिलो हाफ गोलरहित बराबरी खेल्यो । तर, दोस्रो हाफको ४९ औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

खेलको ६१ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरे भने ८१ औं मिनेटमा याया टोरेले गोल गरेपछि सिटी ३-० को जित सुनिश्तित गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment