Comments Add Comment

 स्टर्लिङ बने युरोपियन गोल्डेन ब्वाइ

Raheem-Sterling

५ पुस, काठमाडौं । लिभरपुलका रहिम स्टर्लिङ ‘युरोपियन गोल्डेन ब्वाइ’ अवार्डबाट सम्मानित भएका छन् । यो अवार्ड युरोपका उत्कृष्ट युवा खेलाडीलाई दिइन्छ ।

गत सिजन लिभरपुल प्रिमियर लिगको उपविजेता बन्दा स्टर्लिङ टोलीको महत्वपूर्ण सदस्य थिए । साथै विश्वकप तथा युरोकप छनोट फुटबलका लागि इंग्ल्याण्डको टोलीमा रहे ।

अवार्ड पाउँदा निकै खुसी लागेको उनले बताए । स्टर्लिङले आफूले कडा मेहनत गरेको भन्दै आफ्नो मेहनतको मूल्यांकन गरेकोमा धन्यवाद दिएका छन् ।

गत सिजन फ्रान्स तथा युभेन्टसका पल पोग्बाले यो अवार्ड जितेका थिए । लिओनल मेस्सीले २००५ मा यो अवार्ड जितेका थिए भने २००६ मा सेस फेबि्रगास, २००७ मा सर्जिओ एग्युरो, २०१० मा मारियो बालोटेली, २०११ मा मारियो गोट्जे र २०१२ मा इस्को युरोपियन गोल्डेन ब्वाइ घोषित भएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment