Comments Add Comment

अन्तिम सेकेण्डको गोलमा कोलकत्ता बन्यो च्याम्पियन

५ पुस, काठमाडौं । खेल सकिन केही सेकेण्ड बाँकी छँदा मोहम्मद रफीकले गरेको गोलको मदतमा एथ्लेटिको कोलकत्ताले इण्डियन सुपर लिगको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल भिडन्तमा सचिन तेन्दुलकरको केरला ब्लास्टरलाई १-० गोल अन्तरले पराजित गर्दै अर्का क्रिकेट हस्ती सौरभ गांगुलीको टीम कोलकत्ताले उपाधि उचालेको हो ।

खेलमा केरलाले कोलकत्तामाथि लगातार दबाव कायम राखेपछि गोल गर्न सकेन । कोलकत्ताका गोलरक्षकको प्रदर्शन निकै उत्कृष्ट रहृयो ।

खेल सकिन केही सेकेण्ड बाँकी छँदा कर्नर बलमा मोहम्मद रफीकले हेड गोल गर्दै कोलकत्तालाई पहिलो संस्करणमा च्याम्पियन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment