Comments Add Comment

बधशालाको नक्सा उल्टो बन्दा करोडौ रकम डुब्यो

६ पुस, विराटनगर । इन्जिनियरले गलत नक्सा बनाइदिएका कारण विरोटनगरको पशु बधशालामा सरकारको एक करोड रुपैंयाँ डुबेको छ ।

महत्वाकांक्षी योजनाका साथ निर्माण थालिएको यो बधशालाको नक्सांकन र अन्य प्राविधिक पक्ष नै त्रुटीपूर्ण रहेको पशु सेवा विभागले जानकारी दिएको छ । गलत नक्सांकन र बजेट अभावले अहिले बधशालाको काम अघि बढेको छैन । यसमा विराटनगर उपमहानगरपालिका र सरकारले पनि छुट्टै लगानी गरिसेकेको छ, अन्नपूर्ण पोष्टमा खबर छ ।meat

पशु सेवा विभागका महानिर्देशक केशवप्रसाद प्रेमीले नक्सांकन नै गलत बनाइएकोले निर्माण रोकिएको जानकारी दिए । उनका अनुसार बध गर्ने स्थान हरियो भागमा छ ।

यस्तै, भौतिक संरचना पनि उपयुक्त रुपमा डिजाइन गरिएको छैन । निर्माणका लागि विराटनगरका इन्जिनियरले बनाएको भवनको डिजाइन नै गलत भएको प्रेमीले दावी गरेका छन् । बध गर्ने पशुको स्वास्थ्य जाँच गर्ने, बध गर्ने स्थल र मासु भण्डारण गर्ने निर्माणाधिन स्थानसहित सम्पूर्ण संरचनामा त्रुटी रहेकेा सरकारी पक्षको दाबी छ ।

आर्थिक वर्ष २०६५/६६ मा सरकारबाट बजेट निकासा भएपछि विराटनगर उपमहानगरपालिका-११ स्थित हाटखोलामा बधशाला निर्माण गरेको थियो । काम अघि नबढ्दा निर्माण भएको संरचनासमेत भत्कन थालेको छ । बधशाला निर्माणमा उपमहानगरपालिकाले १८ लाख खर्च गरेको छ । सरकारले ६० लाख रुपैयाँ लगानी गरिसकेको छ ।

पाँच वर्षअघि सरकारले दिएको बजेटबाट प्रारम्भिक काम भएको थियो तर उपमहानगरले निर्माण गरेको संरचना चित्तबुझ्दो नभएपछि समस्या देखिएको हो ।

बधशाला निर्माणका लागि उपमहानगरपालिकाले हालको संरचनालाई नै परिवर्तन गर्नुपर्ने सुझाव पशु सेवा विभागले दिएको महाननिर्देशक प्रेमीले बताए । उपमहानगरपालिकाले निर्माण सुरु गरेकिो दुईतले बधशालाको संरचना एक विगाहा १८ कट्ठा क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment