Comments Add Comment

आइतबारका छापामा मुख्य खबर

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले निणर्ायक भनिएको वार्ता ठट्टाबाट सुरु भएको र अर्को बैठकको टुंगो नभई बिना निष्र्कष सकिएको, नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थीले बागमतीको सफाइ गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले मेलम्चिको पानी तोकिएको समयभन्दा ६ महिनापछि मात्र आइपुग्ने, परिवारका सबै सदस्य चोरीमा संलग्न भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले न्यायकर्ताले नै पीडक उम्काउने गरेको, एमाओवादी प्रक्रियाबाट भागेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले उपचार र उद्धारमा लापरबाही हुँदा दुर्घटनामा भन्दा बढीको ज्यान जाने गरेको, माथिल्लो सेती जोखिममा परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले वार्ता भाँडिएको, आफ्नैले साथ नदिँदा नेतृत्व हस्तान्तरण गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment