Comments Add Comment

आइतबारका दैनिक पत्रिकामा विजनेश खबर

राजधानीबाट आइतबार प्रकाशित भएका आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले ठेकेदारकै कारण मेलम्चीमा विवाद, सीडीएस कार्यान्वयनमा अलमल, एडीबीको दबाब उर्जा मन्त्रालयद्वारा अस्वीकृत भएका खबर छापेका छन् ।

कारोबार दैनिकमा ठेकेदारकै कारण मेलम्चीमा ढिलाइ, उर्जामन्त्रीद्वारा परामर्शदाता छनोट प्रक्रिया नै रद्द, ठूला सहकारीलाई बैंक बनाउन सकिन्छः गभर्नर, सीमा क्षेत्रमा सशस्त्रको हटलाइन सेवा, नेपाल-भारत आईजीसी बैठकको तयारी सुरु, चार्टर्ड एकाउन्टेनमा क्रेज बढ्यो लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा सीडीएस कार्यान्वयनमा अलपत्र, बधशाला निर्माणमा गलत नक्साले सरकारको एक करोड डुब्यो, आईएफसीले माथिल्लो कर्णाली सेयरमा लगानी गर्ने, किसानका लागि छुट्याइएको रकममा मनपरी लगायतका खबर छन् ।

नागरिक दैनिकमा मेलम्ची खानेपानी आयोजना समयमा नसकिने पक्का, कुलो खन्न हजारौं किसान, कोल्डस्टोरलाई ८५ प्रतिशतसम्म अनुदान, अवैध चल्लाविरुद्ध हृयाचरी संघ, लक्ष्मी ग्रुपको करोड सहयोग लगायतका खबर छन् ।

आर्थिक दैनिकमा एडीबीको दबाब उर्जा मन्त्रालयद्वारा अस्वीकृत, वाणिज्य बैंकहरुमा अझै अनुत्पादक कर्जा हावी, कर्पोरेट डेभलपमेन्ट बैंक पनि समस्यामा, भन्सार बदनाम भएपछि हेरफेर, नेप्से कारोबार रकम ४२ प्रतिशतले बढ्यो, एक अर्ब १४ करोडको कारोबार लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment