Comments Add Comment

रियल मड्रिडले जित्यो क्लब वर्ल्डकप

Ronaldo

६ पुस, काठमाडौं । स्पेनिस जाइन्ट रियल मड्रिडले फिफा क्लब वर्ल्डकप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनल भिन्डन्तमा रियल मड्रिडले साउथ अमेरिकन च्याम्पियन सान लोरन्जालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सन् २०१४ मा रियल मड्रिडले चार उपाधि जितिसकेको छ । च्याम्पियन्स लिग, कोपा डेल रे र युरोपियन सुपर कप उसले जितिसकेको थियो ।

Real Madrid win Club world cup

मोरक्कोमा भएको फाइनल भिडन्तमा रियल मड्रिडले ३७ औं मिनेटमा सर्जिओ रोमासको हेड गोलबाट अग्रता लिएको थियो ।

५१ औं मिनेटमा अर्जेन्टिनी क्लबका गोलकिपरको गल्तीको फाइदा उठाउँदै ग्यारेथ बेलले अग्रता दोब्बर पारे । यो रियल मड्रिडको सबै प्रतियोगितामा गरी लगातार २२ औं जित समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment