Comments Add Comment

मेस्सीको दुई गोलसँगै बार्सिलोना विजयी

Suarez La Liga first goal

६ पुस, काठमाडौं । लुइस स्वरेलले स्पेनिस ला लिगामा पहिलो गोल गर्दा बार्सिलोनाले कोर्डोबामाथि सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले स्वरेजसँगै लिओनल मेस्सीको दुई गोलको मदतमा कोर्डोबामाथि ५–० को जित हात पारेको हो ।

जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । यद्यपि रियल मड्रिडले एक खेल कम खेलेको छ । रियल मड्रिडको १६ खेलबाट ३९ अंक छ भने १७ खेल खेलेको बार्सिलोनाको ३८ अंक भएको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ७२ सेकेण्डमा नै पेड्रोको गोलबाट अग्रता लिएको थियो । बाँकी चार गोल भने दोस्रो हाफमा भएको थियो ।

Messi (left) waits for the ball to drop down from the air as Cordoba's Jose Angel Crespo Rincon runs across to challenge him

५१ औं मिनेटमा स्वरेजले गोल गर्दै ला लिगामा पहिलो गोल दर्ता गरे । ८० औं मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए ।

खेलको ८२ औं मिनेटमा मेस्सीले गोल गरे । खेल सकिन केही मिनेट बाँकी छँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment