Comments Add Comment

धनकुटा महोत्सवमा १० लाखको सुन्तला बिक्यो

६ पुस, धनकुटा । एसियाकै रसिलो र गुलियो सुन्तला पाइने ठाउँका रुपमा परिचित खोकुमा आयोजित प्रथम राष्ट्रिय सुन्तला महोत्सवमा १० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।

orangeकरिब १५ लाख रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरिएको महोत्सवमा सुन्तला मात्रै दुई तिहाई बिक्री भएको आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालित महोत्सवमा स्थानीय कृषकले महोत्सवस्थल तथा बगैँचाबाटै सुन्तला बिक्री गरेका हुन् ।

यसअघिका वर्षमा विभिन्न ठाउँमा लगेर सुन्तला बिक्री गर्दै आए पनि यस वर्ष भने महोत्सवका कारण गाउँबाटै सुन्तलाको व्यापार राम्रो भएको भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।

महोत्सवले सुन्तला बिक्रीबाट लाखाैं रकम गाउँमा भित्रयाउनाका साथै कृषकलाई व्यावसायिक रुपमा सुन्तला खेती गर्न थप उत्साहित समेत बनाएको महोत्सव प्रचारप्रसार समिति संयोजक नगेन्द्र राईले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment