Comments Add Comment

सासु बुहारीको झगडाले दुई घर जले

६ पुस, सोलुखुम्बु । सासूबुहारीको झगडाका कारण लोखिम वडा नं ७ सोलुखुम्बुमा दुई घर जलेर नष्ट भएका छन् ।
बुहारीसँगको झगडाका क्रममा सासूले घरमा आगो सल्काउँदा दुई घर जलेर नष्ट भएको स्थानीयवासी सामाजिक परिचालक उत्तरकुवीर राईले जानकारी दिए ।
शनिबार दिउँसो करिब १ बजे भएको आगलागीबाट आमाछोरा पूर्णबहादुर तामाङ र सप्तकुमारी तामाङको घर जलेको हो । आगो नियन्त्रणमा लिन नसक्दा घरभित्र रहेका सबै लत्ताकपडा र अन्न जलेको छ । स्थानीयले दुई घरसहित सबै सम्पत्ति जलेर करिब सात लाखको क्षति भएको बताएका छन् ।
घटनाबारे जानकारी पाएपछि प्रहरीलाई त्यसतर्फ खटाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment