Comments Add Comment

फुजेल काण्डका रामप्रसाद समातिदा गोरखाकी सुभद्रा जोगिइन्

६ पुस, काठमाडौं । बालाजुबाट शनिवार राती पक्राउ गरी चितवन लगिएका रामप्रसाद अधिकारी पक्राउ परेसँगै गोरखाको फुजेल काण्ड फेरि बल्झिएको छ ।

पक्राउ परेका रामप्रसाद अधिकारी
पक्राउ परेका रामप्रसाद अधिकारी

रामप्रसादलाई नियन्त्रणमा लिएर अदालत बुझाउन चितवन प्रहरीलाई चर्को दबाव परेको स्रोतले जनाएको छ ।

आइजीपी उपेन्द्रकान्त अर्यालले चितवनका एसपी सहकुल थापालाई रामप्रसाद अधिकारी र शुभद्र तिवारीलाई पक्राउ गर्न आफैँ ताउलो कुम्लो बोकेर हिड्न निर्देशन दिएको हेडक्वार्टर स्रोतले जनाएको छ ।

अदालतले पटक-पटक पत्र पठाउँदा पनि हाजिर नभएका अधिकारी र तिवारीलाई पक्राउ गरे नन्दप्रसादको शव दाहसंस्कार गर्ने वातावरण बन्ने भएकाले पनि प्रहरी हेडक्वार्टरले चितवन प्रहरीलाई दबावमा पारेको थियो ।

यो पनि पढ्नुहोस्फुजेलको रामकहानी

आइजीपीले तीन/चार पटक निर्देशन दिदा पनि रामप्रसाद पक्राउ नपरेपछि दुई दिनअघि चितवनका एसपी थापालाई गाली नै गरेका थिए । त्यसपछि मात्र थापाले दुई टोली बनाएर प्रहरी परिचालन गरेका थिए ।

बुढी आमैलाई राहत

प्रहरी निरीक्षक रुगम कँवरको टोली रामप्रसादलाई खोज्दै काठमाडौं आइपुग्यो भने अर्को टोली शुभद्रालाई खोज्दै गोरखा पुग्यो ।

रामप्रसाद पक्राउ परेपछि शुभद्राको उमेर पनि ६५ पुगिसकेकाले बुढी मान्छेलाई दुःख नदेऊ भन्दै एसपी थापाले अर्को टोली ‘रिट्रिट’ (फिर्ता) गरेको प्रहरी सम्बद्ध उच्च स्रोतले जनाएको छ ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भन्दै दाजु नुरप्रसादले रामप्रसाद र शुभद्रा सहित १३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । तीमध्ये १० जना अदालतमा उपस्थित भएकाले उनीहरु साधारण तारेखमा छुटिसकेका छन् ।

तर, रामप्रसाद, शुभद्रा र अर्का एकजना बेलायत बस्ने रुद्र आचार्य अदालतको पटक-पटकको ताकेतापछि पनि उपस्थित नभएकाले फरार अभिुयुक्तको सूचीमा राखेको थियो ।

कसरी फलो गरे प्रहरीले ?

प्रहरी निरीक्षक रुगम कुँवरको टोलीले निकै लामो प्रयासपछि रामप्रसादलाई बनस्थली ढुंगेधारास्थित उनकै निवासबाट शनिवार साँझ पक्राउ गर्‍यो ।

प्रहरीले पक्राउ गरिसकेपछि रामप्रसादले यतिमात्र भने-‘बोलाउनु भएको भए म आफैं आइहाल्थेँ नि ।’ प्रहरीले अदालतले बोलाउँदा नगएकाले पक्राउ गर्न आउनुपरेेको जवाफ दिएपछि उनले आफूले अदालतको पत्र नपाएको बताए ।

पहिलो पटक खिलराज रेग्मी सरकारका पालामा पक्राउ पर्दा उनले बागबजारमा लुम्बिनी न्यू कम्युनिकेशन चलाएर बसेका थिए । यसपटक प्रहरी बागबजार पुग्दा उनले पसल बेचिसकेका रहेछन् ।

त्यसपछि प्रहरीले उनको मोबाइल ट्रयाक गर्‍यो । शनिवार दिउँसो ठमेलमा देखिएका रामप्रसाद त्यसपछि ठहिटीमा देखिए । ठहिटीमा प्रहरी फलो गर्दै पुग्दा उनी त्यहाँबाट नयाँ बजार हुँदै बनस्थली एरियामा पुगे ।

साँढे ५ बजे प्रहरी उनकै निवासमा पुग्यो । उनले ढुंगेधारामा निवासकै तल कम्युनिकेशन चलाएका रहेछन् ।

‘नुरेले फसायो’

पक्राउ परेका अधिकारीले प्रहरीसँग मृतक कृष्णका दाजुले रिसइवीका कारण आफुलाई फसाएको बताएका छन् । ‘कृष्णप्रसाद मेरो पनि भाइ हो, उसको दाजु नुरे (नुरप्रसाद)ले व्यक्तिगत रिसइबीमा हामीलाई फसायो’- अधिकारीले भने ।

२०७० बैशाखमा समातिएका रामप्रसाद सहित अन्य अभियुक्तहरु रुद्र आचार्य बाहेक सबै रिहा भएका थिए ।

स्व. कृष्णप्रसाद अधिकारी
स्व. कृष्णप्रसाद अधिकारी

हत्या कसरी भयो ?

कृष्णप्रसाद हत्यामा परिवारले रामप्रसाद अधिकारी सहित परशुराम पौडेल, जानुका पौडेल, मेघनाथ पौडेल, कालिप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, बिष्णु तिवारी, शुभद्रा तिवारी, अर्का रामप्रसाद अधिकारी र रुद्र आचार्य विरुद्ध किटानी जाहेरी दिएका थिए ।

पूर्वी चितवनको रत्ननगरमा रहेका आफ्ना हजुरबुबालाई भेट गर्न गएका बेला कृष्णप्रसादको २०६१ जेठ २४ गते रत्ननगर १ बकुलहर चोकमा तत्कालिन विद्रोही माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए ।

मृतकका बाबु नन्दप्रसाद अधिकारीले २०६१ जेठ २५ गते तीन जना बिरुद्ध किटानी जाहेरी र पछि २०६२ जेठ २६ मा ११ जना बिरुद्ध दाजु नुरप्रसादले किटानी जाहेरी दिएका थिए ।

प्रहरी स्रोतका अनुसार अदालतले पत्र पठाउँदा हाजिर नभएकाले मात्र उनी पक्राउ परेकाले सम्भवतः साधारण तारेखमा रिहा हुन सक्छन् ।

यो पनि पढ्नुहोस् 

अनशनमा बसेका नन्दप्रसाद अधिकारीको निधन
अनसन तोड्न नन्दप्रसादले २ अर्ब मागेका थिए : गृहमन्त्री गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment