Comments Add Comment

न्यूयोर्कमा बन्दुकधारीद्वारा दुई प्रहरीको हत्या

Us Police

  • घटनापछि रोइरहेका एक प्रहरी अधिकारी

६ पुस, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा एक बन्दुकधारीले दुई प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् ।

प्रहरीलाई गोली हानेपछि आक्रमणकारीले आफैंलाई गोली हानेका छन् । प्रहरीलाई गोली हानेर सबवे स्टेशनतर्फ भागेका उनले आफैंलाई गोली हानेका हुन् ।

प्रहरी अधिकारीहरुका अनुसार पेट्रोलिङ गाडीभित्र बसिरहेका प्रहरी अधिकारीमाथि बन्दुकधारीले गोली हानेका थिए । घाइतेलाई तत्काल अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका छन् ।

घटनामा प्रहरी अधिकारी ली वेनजिज र रफेल रमोसका र्मत्यु भएको छ । २८ वर्षका बन्दुकधारीको नाम इस्माइल ब्रिस्ले भएको बताइएको छ ।

यसअघि बन्दुकधारीले आफ्नो गर्ल्डफ्रेण्डलाई पनि गोली हानेर घाइते बनाएका थिए । लगतै समाजिक सञ्जालमा प्रहरी विरोध सन्देश लेखेका थिए ।

न्यूयोर्कका मेयरले सामाजिक सञ्जालमा खतराको संकेत पाए खबर गर्न आग्रह गरेको छ । उनका अनुसार घटनापछि पूरा शहर शोकमा छ ।

पछिल्लो समय काला व्यक्तिको हत्याका आरोपी गोरा प्रहरी अधिकारीमाथि कारबाही नभएको भन्दै अमेरिकामा आक्रोस बढ्दो छ ।

न्यूयोर्कसहितका शहरमा प्रदर्शन समेत भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment