Comments Add Comment

सभासद् खड्काको पून्यतिथिमा बार्सिलोनामा शोकसभा  

CA member khadka-2बसन्त रानाभाट

बार्सिलोना । जिप दुर्घटनामा परि निधन भएका बागलुङ्का सभासद हरीबहादुर खड्काको १३औं पुण्यतिथिको अवसरमा बार्सिलोनामा शोकसभा सम्पन्न भएको छ। बागलुङ् स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले खोलेको गल्कोट समाज स्पेनले शनिबार शोकसभा आयोजना गर्दै अल्पआयुमा नै निधन भएका खड्का प्रति श्रदान्जली ब्यक्त गरेको हो।

समाजका संरक्षक पुष्पराज भण्डारीले आफ्नै जिल्लाका एक ईमान्दार एबम् प्रभावशाली नेता गुमाउनु पर्दा अपुरणीय क्षति पुगेको भन्दै आफूलाई अत्यन्तै दुखी बनाएको बताए । शोक सभामा स्पेनस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायत सर्बसाधारणहरुको पनि उपस्थिति रहेको थियो।

CA member khadka-1एनआरएनए युकेका कोषाध्यक्ष ठाकुर शर्मा, प्रवासी नेपाली मंच स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङ, नेपाली जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे,जनप्रगतिशील मंच(एमाओबादी)का अध्यक्ष महेश्वर क़डेल,एनआरएनए स्पेनका उपाध्यक्ष निरज कुमार पोख्रेल,नेवारी समाजका प्रतिनिधि सन्तोष श्रेष्ठ,तमु समाजका उपाध्यक्ष युबराज गुरुङ,म्याग्दी समाजका अध्यक्ष सन्त बहादुर क्षेत्री,बेदराम कडेल,बिष्णु रिजाल,पुरुषोत्तम भट्टराई,राजु थापा,भोला लामिछाने लगायतले बोल्दै सभासद खड्काको निधनले राष्ट्रलाई क्षति पुगेको बताएका थिए।

आईसीसी सल्लाहकार पुष्पराज तिमिल्सिना,आईसीसी सदस्य दिपक खरेल र एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी कार्य ब्यस्तताले उपस्थित हुन नसकेको जानकारी गराउदै शोक सन्देश पठाएका थिए। समाजका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन महासचिब हिरालाल सापकोटाले गरेका थिए।

सभासद् खड्काको उपचारको क्रममा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । बागलुङको पयुँटारमा मंसिर १७ गते प्रधानमन्त्री सुशील कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जानेक्रममा ग १ झ २२४ नम्बरको पिकअप जिप भकुण्डे ९ कमिरे भन्ने स्थानमा दुर्घटना हुदा उनी गंभिर घाइते बनेका थिए। बि.स. २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा बागलुङ् क्षेत्र नम्बर १ बाट उनी कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment