Comments Add Comment

फ्रेस फेस : ‘मेरा लागि ‘लिप लक’ पनि अस्विकार्य’ : अकेषा(भिडियो)

zindagi rocks-5
पौष १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जिन्दगी रक्स’का मुख्य २ कलाकार अकेषा बिष्ट र सौरमराज तुलाधर अहिले उत्साहित छन् । दुबैका लागि यो चलचित्र चलेको खण्डमा आगामी करिअरको सुनौलो भाग्य खुल्नेछ ।

अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै अकेषाले चलचित्र आफ्ना कारणले पनि चल्ने दाबी गरिन् । अकेषाले भनिन्-‘मलाई सानो पर्दामा हेर्ने र फेसबुकमा रुचाउँने दर्शक हलमा आउनुहुन्छ भन्ने लागेको छ ।’

सौरम र अकेषा चलचित्रमा भन्दा पनि भिडियोमा चर्चित छन् । यी दुई कलाकार प्रेममा रहेको चर्चा चलिरहदा उनीहरुले यसलाई अस्विकार गरे । दुबैले एकसाथ भने-‘हामी राम्रो साथी मात्र हौ । तर, चलचित्रको पर्दामा केमेष्ट्री जमेकाले पनि सबैलाई प्रेमी-प्रमिका लागेको हो ।’ अकेषाले आफू अहिले सिंगल रहेको र प्रेममा पर्न नचाहेको खुलाइन् ।

अकेषाका लागि चलचित्र अझै पनि करिअर होइन । उनी, आफूले चलचित्र खेल्ने या नखेल्ने भन्ने बिषयमा अझै पनि कुनै कुरा नसोचेको बताउँछिन् । यता, सौरम भने चलचित्रले नै मानिसलाई स्टार बनाउने सोचाई राख्छन् । उनका अनुसार चलचित्रमा काम गर्ने कलाकारलाई स्टार सोचिन्छ, यसैले उनी यही क्षेत्रमा अगाडि बढ्न चाहन्छन् ।

‘फ्रेस फेस’का लागि कुरा गर्ने क्रममा यो जोडीले रमाइला क्रियाकलाप पनि गरे । अकेषालाई प्रेम प्रस्ताव राख्दै गर्दा सौरम केही लजाए । उनले अकेषालाई प्रेम प्रस्ताव राखेर फकाउन सकेनन् । तर, यो क्रियाकलाप रमाइलोको लागि मात्र गरिएको थियो ।

नेपाली चलचित्रको विकास र विस्तारले दुबै कलाकारलाई खुशी लागेको छ । तर, अझै पनि भविष्य कस्तो हुन्छ भन्ने बारेमा दुबैलाई थाहा छैन । अकेषा पछिल्ला केही बर्ष नायिकाहरुले पर्दामा देखिएका उच्छृङ्खल दृश्यलाई कथाको माग भन्छिन् । तर, उनी आफू भने ‘लिप लक’ पनि पर्दामा नदिने बताउँछिन् ।

चलचित्रका लागि नयाँ अनुहारका रुपमा रहेका अकेषा र सौरमको आगामी दिनको बाटो कसरी तय हुन्छ, त्यो भविष्यले नै बताउँनेछ । zindagi rocks

zindagi rocks-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment