Comments Add Comment

‘पीके’को प्रदर्शनीबाट उठेको २ लाख ब्लड क्यान्सर पिडित बालकलाई

arjun-and-aanandaआमिर खानको अभिनय र राजकुमार हिरानीको निर्देशन रहेको चलचित्र ‘पीके’को विशेष प्रदर्शनी काठमाण्डौमा गरिएको छ । ब्लड क्यानसरबाट पिडित अर्जुन कार्कीको सहयोगका लागि यो चलचित्रको विशेष शो गरिएको हो ।

सोसियल एक्सन नेपालले ब्लड क्यान्सर पिडित कार्कीको सहयोगका लागि काठमाण्डौको बीग मुभिजमा चलचित्रको विशेष शो गरेको हो । चलचित्रको शो अघि छोटो कार्यक्रम गर्दै अर्जुनलाई २ लाख नगद हस्तान्तरण गरिएको थियो ।

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक आनन्द कार्कीको हातबाट अर्जुनलाई २ लाख सहयोग गरिएको हो ।

लामो समयदेखि ब्लड क्यान्सरबाट पिडित रामेछाप खिम्तीका १७ बर्षिय अर्जुन कार्की सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेका छन् ।

उनका लागि अझै केही रकम आवश्यक पर्ने र यसका लागि नेपाली चलचित्रको च्यारेटी केही महिनामै गर्ने सोसियल एक्सन नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment